२०८३ बैशाख ६ गते , आईतबार

एमाले कार्यकर्ताद्वारा झापामा पत्रकारमाथि आक्रमण

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १४ गते , विहीबार
एमाले कार्यकर्ताद्वारा झापामा पत्रकारमाथि आक्रमण

बिर्तामोड नेकपा एमालेका कार्यकर्ताहरुले चुनावी रिपोर्टिङ गरिरहेका पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गरेका छन्

झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टियर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् २५६१ नम्बरको स्कर्पियोमा चढेका भोलेन्टियर फोर्सका सदस्यहरुले आचार्यमाथि आक्रमण गरेको पिडित पत्रकार आचार्यले जानकारी दिए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलोको क्रममा स्थानीय महिलाहरूलेघण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह) भन्दै साङ्केतिक विरोध जनाएपछि एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द व्यवहार प्रदर्शन गरेका थिए सोही दृश्यको फोटो भिडियो खिच्न खोज्दा पत्रकार आचार्यमाथि आक्रमण भएको हो

आक्रमणकारीहरूले आचार्यको मोबाइल खोसेर लगेका थिए भने उनको चस्मासमेत फुटाइदिएका छन् आक्रमणबाट आचार्यको आँखा, गाला ढाडमा चोट लागेको अन्य पत्रकारहरूले उनलाई उद्धार गरी सुरक्षित बनाएका थिए आक्रमणपछि पनि एमाले कार्यकर्ताहरूले पत्रकारको टोलीलाईदमकमा देखाइदिने भन्दै धम्की दिएका थिए

कोशी प्रदेशमा चुनावी रिपोर्टिङका लागि पत्रकार आचार्यसहितको टोली आज दिउँसो झापा आइपुगेका थिए

घाइते पत्रकार आचार्यको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

यता घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी परिचालन गरिएको र अनुसन्धानको काम भइरहेको बताइन् ।

सम्बन्धित समाचार