२०८३ बैशाख ६ गते , आईतबार
नेकपा बहुमतका दुई जना कार्यकर्ता पक्राउ
बिर्तामोड । झापामा नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. व्युरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल रहेका छन् ।
हिजो दिउँसो करिव २ बजे बुद्धशान्तिबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच सो पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गरी संगठनात्मक कामको सिलसिलामा भएको बेला न्यूनतम लोकतान्त्रिक अधिकारलाई समेत कुल्चेर गैरन्यायिक गिरफ्तारी गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । नेकपा बहुमतले निर्वाचन विरोधी गतिविधि गर्दै आएको छ ।