२०८३ बैशाख ६ गते , आईतबार

ठगी मुद्दाका फरार प्रतिवादी सुधार केन्द्रबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १३ गते , बुधबार
ठगी मुद्दाका फरार प्रतिवादी सुधार केन्द्रबाट पक्राउ

बिर्तामोड । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले सुधार केन्द्रबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय विभूतजङ कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्कीलाई मङ्गलबार बेलुका ५ बजे मेचीनगर ६ मा रहेको समृद्धि प्रतिष्ठान नेपाल सुधार गृहबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
कार्की विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा गत कार्तिक २२ गते ठगी सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । इप्रका काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले काकीलाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार