२०८३ बैशाख ५ गते , शनिबार

निर्वाचनका लागि ३ दिन बिदा दिने सरकारको निर्णय

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १२ गते , मंगलबार
निर्वाचनका लागि ३ दिन बिदा दिने सरकारको निर्णय

झापा । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसमा सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।
निर्वाचनअघि फागुन १८ गते (पहाड) र १९ गते (तराईं)मा होली पर्वको बिदा हुने छ । यस्तै, फागुन २३ गते शनिबार र २४ गते आइतबार नारी दिवसको बिदा परेकोले चुनावका बेला एक हप्ता नै बिदा हुने भएको छ ।

सम्बन्धित समाचार