२०८३ बैशाख ६ गते , आईतबार

हात्ती आक्रमणबाट घाइते बाह्रदशीकी महिलाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १२ गते , मंगलबार
हात्ती आक्रमणबाट घाइते बाह्रदशीकी महिलाको मृत्यु

बिर्तामोड । हात्तीको आक्रमणबाट घाइते भएकी झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ ।
गएराति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।
फागुन ७ गते बिहान अन्दाजी ५:४५ बजे बाह्रदशी १ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती लिलाले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आई उनलाई अचानक आक्रमण गरेको थियो । लिलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पुर्‍याइ गम्भीर घाइते बनाएको थियो । घटना थाहा पाए लगत्तै स्थानीय भेला भएपछि हात्ती जंगलतर्फ भागेको थियो । 

सम्बन्धित समाचार