‘घुमौँ झापा साइकलमा’ तीन दिन आयोजना हुँदै
बिर्तामोड । झापा साइक्लिङ क्लबले आफ्नो स्थापनाको पहिलो कार्यक्रमको रूपमा ‘घुमौँ झापा साइकलमा’ अभियान आयोजना गर्ने भएको छ।
फागुन ३० देखि चैत २ गतेसम्म सञ्चालन हुने यो दुई रात तीन दिनको यात्रा दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरव अभिवृद्धि गर्ने उद्देश्यले तय गरिएको हो ।
क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार, यस कार्यक्रमले झापाका विभिन्न १२ वटा स्थानीय तहलाई समेट्नेछ।
कार्यक्रमको पहिलो दिन ६० किलोमिटरको यात्रा तय गरिएको छ । काँकरभिट्टास्थित पर्यटन कार्यालयबाट सुरु हुने यो यात्रा बाहुनडाँगी, ४९ धारा, बर्ने चिया बगान र अर्जुनधारा जलेश्वरधाम हुँदै दोमुखामा पुगेर टुङ्गिनेछ।
दोस्रो दिन सबैभन्दा लामो अर्थात् ८० किलोमिटरको दूरी पार गरिनेछ, जसमा माईधार, चिल्लागढ, हुलाकी मार्ग र नेपालकै होचो स्थान कचनकवल समेटिनेछ ।
अन्तिम दिन बनियानीबाट किच्चकबध, भद्रपुर र हल्दिबारी हुँदै ५० किलोमिटरको यात्रा पूरा गरी बिर्तामोडमा कार्यक्रमको समापन गरिने क्लबका सचिव हिमाल खरेलले जानकारी दिए ।
यस साहसिक यात्रामा कुल ५० ज३०ना साइकलयात्री सहभागी हुनेछन् भने उनीहरूको सहयोगका लागि २० जना गाइड, मेकानिक र स्वयंसेवकहरू परिचालन गरिनेछ ।
बढावा दिँदै आन्तरिक पर्यटनमा टेवा पुर्याउने विश्वास लिइएको छ।
यस अभियानको मुख्य उद्देश्य झापालाई ‘साइकल मैत्री’ पर्यटकीय गन्तव्यको रूपमाई चिनाउनु रहेको छ । शून्य-फोहोर पर्यटनको अवधारणालाई आत्मसाथ गर्दै आयोजना हुन लागेको यो कार्यक्रमले स्थानीय होटल, होमस्टे र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ ।
साथै, सीमा क्षेत्र, धार्मिक स्थल र सिमसार क्षेत्रहरूलाई जोड्दै झापाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई उजागर गर्ने लक्ष्य राखिएको छ ।