२०८३ बैशाख ५ गते , शनिबार

कन्याममा सवारी दुर्घटना हुँदा बिर्तामोडका मनोज चौधरीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ११ गते , सोमबार
कन्याममा सवारी दुर्घटना हुँदा बिर्तामोडका मनोज चौधरीको मृत्यु

बिर्तामोड । इलामको सूर्योदय नगरपालिका ७ कन्यामस्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा बिर्तामोडका मनोज चौधरीको मृत्यु भएको छ ।
सोमबार दिउँसो अन्दाजी ११:३५ बजे भएको दुर्घटनामा परी बिर्तामोड ५ झापा बस्ने चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
विर्तामोडबाट इलामतर्फ जादै गरेको प्र१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकलमा पछाडी बसेका ५० वर्षीय चौधरी चालकले ब्रेक लगाउँदा बाइकबाट लडेको र विपरित दिशाबाट आउदै गरेको मे १ख १९९८ नंम्बरको ट्रकको पछाडीको चक्काले किचेको थियो ।  उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक बिर्तामोड ५ बस्ने बर्ष ३१ को तिङ्कु साहुलाई सामान्य चोट लागेको, ट्रक चालक जिल्ला पाँचथर हिलिहाङ गाउँपालिका ७ बस्ने बर्ष ३० को हरीनारायण सुवेदी प्रहरी चौकी फिक्कल, इलामको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार