२०८३ बैशाख ६ गते , आईतबार

रास्वपाले चुनाव भाँड्न लागेको ओलीको आरोप

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ९ गते , शनिबार
रास्वपाले चुनाव भाँड्न लागेको ओलीको आरोप

झापा । निर्वाचन नजिकिँदै जादा आफ्नो निर्वाचन क्षेत्रमा उपस्थिति बाक्लो बनाउदै लगेका नेकपा एमालेका अध्यक्ष तथा झापा ५ का उम्मेदवार केपी शर्मा ओली शनिबार पुन झापा आएका छन् । भद्रपुर विमानस्थलमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्ला केही दिनयताका घटनाक्रम हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले रास्वपाले होहल्ला गर्ने र बलमिच्याइँ गर्ने काम गरिरहेको भन्दै तीव्र आलोचना गरे । उनले रास्वपाले चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै भने, 'आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, तर आफ्नो पक्षमा नतिजा आउँदैन भने चुनावै हुन नदिने खालको प्रवृत्ति उहाँहरूमा देखियो ।'
पछिल्ला घटनाक्रमले रास्वपा निर्वाचन भाँड्ने दिशातर्फ उन्मुख भएको आफूले पाएको ओलीको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको जबर्जस्ती स्वीकार्य नहुने स्पष्ट पारे ।
सबैलाई सचेत गराउँदै उनले निर्वाचन भनेको बलजफ्ती गर्ने विषय नभएको प्रस्ट पारे । 
बिहीबार काठमाण्डौ गएका ओली शनिबार पुन झापा आएका छन् । झापा ५ मा एमालेबाट अध्यक्ष बनेका ओली, काठमाण्डौ महानगरका निवर्तमान मेयर बालेन्दे शाह, नेकपाका युवा नेता रन्जित तामाङबीच तीव्र प्रतिस्पर्धा हुने सम्भावना छ । 

सम्बन्धित समाचार