२०८३ बैशाख ६ गते , आईतबार

ओली काठमाडौंमा, चिठी बोकेर कार्यकर्ता घर दैलोमा

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ८ गते , शुक्रबार
ओली काठमाडौंमा, चिठी बोकेर कार्यकर्ता घर दैलोमा

बिर्तामोड । नेकपा (एमाले) का तर्फबाट झापा ५ मा उम्मेदवार बनेका पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाण्डौ लागेपछि उनको चिठी बोकेर कार्यकर्ता घर दैलोमा निस्किएका छन् ।
उम्मेदवारी दर्ता पछि दुई पटक झापा आएका ओली बिहीबार फेरि काठमाण्डौ फर्किएसगै कार्यकर्ता घर दैलोमा सक्रिय बनेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २९ वटै वडाका प्रत्येक टोलमा एमाले कार्यकर्ता ओलीको पत्र बोकेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन । प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार क्षेत्रभरिका प्रत्येक घरमा पार्टी अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र र विभिन्न जनवर्गीय सङ्गठनका छुट्टाछुट्टै घोषणापत्रहरू पुर्‍याउने कार्य भइरहेको छ ।
उनले भने, ‘झापा ५ का सबै टोलमा घरदैलो जारी छ । दमक नगरपालिकाका वडा नम्बर ६ र ७ मा दोस्रो चरणको घरदैलो सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा वडामा अभियान अन्तिम चरणमा पुगेको छ ।’
पत्रमा भनिएको छ ‘हाम्रो समाज र परिवारभित्रै विभाजन ल्याउने प्रयास भइरहेको छ, जसले अभिभावक र सन्तानबीचको सम्बन्धमा समेत सङ्कट निम्त्याउँदैछ, परिवार र समाज कमजोर भए देश नै कमजोर हुने भएकाले राष्ट्र निर्माणका लागि एमालेलाई मतदान गर्न आह्वान ।’
अध्यक्ष ओली आफैँ उम्मेदवार रहेको यस क्षेत्रमा एमालेले घरदैलो र व्यक्तिगत भेटघाटलाई नै मुख्य चुनावी हतियार बनाएका छन् ।

सम्बन्धित समाचार