२०८३ बैशाख ६ गते , आईतबार
झापामा ४९२४ कर्मचारी निर्वाचनमा परिचालन गरिँदै
बिर्तामोड । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापामा ४९२४ जना कर्मचारी परिचालन गर्न लागिएको छ ।
जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार झापाका २८५ मतदान स्थलका ८१५ मतदान केन्द्रहरुमा ती कर्मचारी परिचालन गर्न लागिएको हो । नेपाल सरकारका संघीय, प्रदेश र स्थानीय तहका कर्मचारीहरुका अतिरिक्त विश्वविद्यालय तथा विद्यालयका शिक्षकहरुसमेत खटाउन लागिएको छ ।
निर्वाचनमा खटिने कर्मचारीहरुका लागि फागुन १० देखि १४ गतेसम्म निर्वाचन क्षेत्रगत हिसाबले तालिम दिने कार्यक्रम रहेको नेपालले बताए ।
झापाका ५ निर्वाचन क्षेत्रमा ७१३५३५ जना मतदाता रहेका छन् ।