२०८३ बैशाख ५ गते , शनिबार

झापामा विशेष तालिमप्राप्त र हतियारले सुसज्जित प्रहरी टोली खटाइँदै

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ७ गते , विहीबार
झापामा विशेष तालिमप्राप्त र हतियारले सुसज्जित प्रहरी टोली खटाइँदै

बिर्तामोड निर्वाचन सुरक्षाका लागि झापामा प्रहरीलेकार्यदलको टोली खटाउने तयारी गरेको हेभीवेटको चुनावी भिडन्त भएको झापालाई अहिले सबैभन्दा बढी सुरक्षा संवेदनशील जिल्लाको रूपमा लिइएकाले प्रहरीको विशेष कार्यदलको टोली खटाउन लागिएको हो

झापामा मनोनयन दर्ता लगत्तै झापामा उपत्यकाबाट थप जनशक्ति पठाइसकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए झापामा नयाँ पुराना दलबीच मुठभेड हुनसक्ने चिन्ता रहेको प्रहरीको रिपोर्ट मनोनयन दर्ताकै क्रममा पनि यहाँ धक्कामुक्की भएको थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव यही सन्दर्भमा काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि सुरक्षा चुनौती बढेको हो झापा बाट एमालेका अध्यक्ष केपी शर्मा ओली बालेन शाह आमनेसामने भएका छन्

प्रहरीको कार्यदल विशेष तालिम प्राप्त हातहतियारले सुसज्जित हुन्छन् कार्यदलको टोली अन्य प्रहरीको तुलनामा निकै बलियो मानिन्छ कमान्डोलगायत विशेष तालिम प्राप्त कार्यदलको टोली हतियारले अन्य प्रहरीभन्दा बलियो मानिन्छ

 

सम्बन्धित समाचार