२०८३ बैशाख ६ गते , आईतबार

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ५ गते , मंगलबार
दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

बिर्तामोड मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए

प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुर अफवाह फैलाउन नपाउने कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए

प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चितकालीन बन्द गराउने चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए

त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानकोआधार बनाएर बयान लिएर छाडेको थियो

सम्बन्धित समाचार