२०८३ बैशाख ६ गते , आईतबार
कनकाई पुलमा राखिएको बम जस्तो वस्तु परालको डल्लो भएको पुष्टि
बिर्तामोड । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गको कन्काई पुलमा बम जस्तो देखिने शंकास्पद वस्तु 'होक्स' राखेर आतंक सिर्जना गरिएको छ ।
आज बिहान करिब ३ः४५ बजे झापा शिवसताक्षी–१० माईधारस्थित कन्काई पुलमा शंकास्पद बस्तु फेला परेको थियो । जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायातका सवारी साधनहरु अवरुद्ध भएका थिए ।
अहिले बिहान सेनाको बम डिस्पोजल टोलीले हेर्दा सो शंकास्पद वस्तु परालको डल्लो भएको पुष्टि भएको छ । केहीबेर अगाडिबाट अवरुद्ध सवारी साधनहरु संचालनमा आएको प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तुलाई कागजले बेरेर “नेपाल बन्द होशियार” लेखिएको थियो । नेकपा(बहुमत) ले आज नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।