२०८३ बैशाख ६ गते , आईतबार
झापा प्रहरीले पक्राउ गर्यो ४४ फरार अभियुक्त
बिर्तामोड । प्रहरीले ४४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माघ महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट ८ बर्ष ५ महिना १० दिन कैद भुक्तान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरुबाट ३ लाख ४६ हजार ३६८ रुपैँया जरिवानासमेत असुल गर्न बाँकी रहेको छ ।