२०८३ आश्विन १७ गते , शनिबार

मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २ गते , शनिबार
मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

झापा । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल र्पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनीहरु २ जनाको सनाखत भएको छैन ।

सम्बन्धित समाचार