गौरीगन्जबाट लागूऔषध कारोबारी पक्राउ
बिर्तामोड । झापाको गौरीगन्जबाट दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । कमल गाउँपालिका ५ बस्ने सुर्य बहादुर विके र सञ्जोक राईलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो अन्दाजी १:४५ बजे गौरीगन्ज गाउँपालिका २ आपगाछी स्थित दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउदै गरेको मे १० प ८४३२ नम्बरको स्कुटीलाई गोप्य सुचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको टोलीले चेकजाँच गर्दा स्कुटी पछाडी सवार ४० वर्षीय विकको साथबाट प्लाष्टिक बाहेक ४२ ग्राम ८१० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठूलो मात्रामा लागू पदार्थ फेला परेपछि प्रहरीले स्कुटर चालक २२ वर्षीय राई समेतलाई नियन्त्रणमा लिए अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।