२०८३ बैशाख ६ गते , आईतबार

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १ गते , शुक्रबार
प्रधानमन्त्री कार्की ताप्लेजुङमा

झापा । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छन् ।
आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छन्। पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले 'फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु,' सामाजिक सञ्जालमा लेखेकी छन् ।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार