२०८३ बैशाख ५ गते , शनिबार

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा विद्यालय भवनमा रंग रोगन

sajilo news
परिवेश मिडिया
२०८२ माघ २९ गते , विहीबार
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा विद्यालय भवनमा रंग रोगन

बिर्तामोड । झापाको अर्जुनधारा–५, लक्ष्मीपुरमा रहेको श्री समाजसेवी आधारभूत विद्यालयको भवनमा रंग रोगन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले सो रंग रोगन गरेको हो ।
विद्यालयको ५ वटा कक्षा कोठामा रगं रोगन गरिएको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् । रंग रोगन पश्चात बुधबार विद्यालयलाई हस्तान्तरण  गरिएको स्मार्ट लेडीकी सचिव शिला भट्टराई बरालले बताइन् । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई  ५० थान शैक्षिक सामाग्रीसमेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा लायन्स क्लबका पीआरओ चिफ  सत्यनारायण शर्मा, एमजेएफ चिफ शैलेन्द्र कुरुम्बाङ, डिस्ट्रिक्ट चिफ जीवन खड्का, रिजन चेयर पर्सन पार्वता गिरी, विद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराईलगायत स्मार्ट लेडीका कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।






सम्बन्धित समाचार