२०८३ आश्विन १७ गते , शनिबार

माटोको ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ माघ २३ गते , शुक्रबार
माटोको ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका ९ का रमेश कुमार यादवको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो अन्दाजी २ः१० बजे शिवसताक्षी नगरपालिका ११ स्थित सतासी खोलाको शाखा कल्बर्टमा फाइबर जडानका लागि बनाएको जमिन मुनिको खाल्डोमा काम गरिरहेका यादव एक्कासी ढिस्कोले पुरिएर घाइते भएका थिए । घाइते यादवलाई स्थानीयले उद्धार गरि उपचारका लागि दमक अस्पताल पठाएकोमा ३ः३५ बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार