२०८३ आश्विन १७ गते , शनिबार

अवैध गोलिया काठसहित एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ माघ २२ गते , विहीबार
अवैध गोलिया काठसहित एक जना पक्राउ

बिर्तामोड । प्रहरीले अवैध गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने ३२ बर्षीय प्रकाश योङहाङ पक्राउ परेका हुन् ।

मंगलबार राति अन्दाजी ९ः५० बजे शिवसताक्षी नगरपालिका १० रतुवामाई बृक्षरोपण आयोजना कम्पाट नम्बर १ माईधारमा  अवैध रुपमा गोलिया काठ चोरी गरि लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा  रतुवामाई वृक्षरोपण वन आयोजनाका केर्खाका कर्मचारी र अस्थाई प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले  टिक (रङ) जातको गोलिया काठ ६ वटा टुना अन्दाजी १५ क्यूवि अबैध रुपमा २ वटा साईकलमा लोड गर्दै गरेको अवस्थामा जिल्ला योङहाङ लाई नियन्त्रणमा लिई उक्त गोलिया काठ र साईकल आवश्यक कारवाहिको लागि  रतुवामाई  बृक्षरोपण आयोजना केर्खाका रेन्जर राजेन्द्र साहको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार