२०८३ बैशाख ६ गते , आईतबार

निर्वाचन आउन एक महिना बाँकी, आजबाट देशभर सेना परिचालन हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ माघ २१ गते , बुधबार
निर्वाचन आउन एक महिना बाँकी, आजबाट देशभर सेना परिचालन हुँदै

बिर्तामोड आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित बनाउन आजदेखि झापासहित देशभरि सेना परिचालन हुँदैछ

झापामा करिव सय फौज परिचालन हुने भएको हो २१ नं. बाहिनी तोपगाछी अरिदमन गण चारआलीबाट गरी करिव सय सेना खटिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए निर्वाचन सुरक्षाका लागि झापामा झन्डै हजार सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए

एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुन लागेको हो निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त प्रभावकारी बनाउने योजनाअनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूपमा परिचालित हुन लागेका हुन् नेपाली सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको

सम्बन्धित समाचार