२०८३ बैशाख ५ गते , शनिबार
निरन्तर ओरालो लाग्दै सुनको भाउ, सोमबार प्रतितोला २ लाख ८६ हजार
झापा । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । गत शुक्रबारदेखि उच्च दरले ओरालो लागेको मूल्य आज सोमबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ तोकिएको छ ।
आजको दिन सुन प्रतितोला १४ हजार रुपैयाँ र चाँदी ३०० रुपैयाँले घटेको हो । हिजो आइतबार सुन ३ लाख रुपैयाँ र चाँदी ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो, जसबाट पछिल्ला दिनमा मूल्यमा तीव्र गिरावट देखिएको छ ।