भद्रपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री कुलप्रसाद खरेलको मृत्यु
बिर्तामोड । झापाको भद्रपुरमा मोटरसाइकलले ठक्करदिँदा एक वृद्धको मृत्यु भएको छ । आज साँझ भएको दुर्घटनामा परि भद्रपुर २ निवासी कुलप्रसाद खरेलको मृत्यु भएको हो ।
आज साँझ अन्दाजी ६ः२० बजे भद्रपुर २ सगरमाथा चोकस्थित भद्रपुर–बनियाँनी पक्की सडकखण्डमा बनियानीबाट पृथ्वीनगरतर्फ आउदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल यात्री ६४ बर्षीय खरेललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकल चालक भद्रपुर ६ बस्ने बर्ष २१ को अनुराग घोषको अनुहारमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको र ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडी सवार स्थानीय २१ बर्षीय मन्दिप दंगालको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।