२०८३ बैशाख ६ गते , आईतबार

नेकपाले गर्यो निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८२ माघ १८ गते , आईतबार
नेकपाले गर्यो निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापाको क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
आईतबार बिर्तामोड-५ महानन्द चोक नजिकै सगरमाथा टोल स्थित सरस्वती होमियोप्याथी भएको घरमा सम्पर्क कार्यालय उद्घाटन गरेको हो ।
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारका प्रत्यासी धर्मशिला चापागाईंले व्यानर वाचन गरी कार्यालय उद्घाटन गरेकी थिइन् ।
२ नम्बर क्षेत्रका इन्चार्ज खड्ग तिम्सिना (पवन)ले पार्टीकाे सर्कुलर वाचन गरेका थिए ।
केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामीले निर्वाचन आचारसंहिताको बारेमा राजनीतिक दल, आयोग, सुरक्षा निकाय र प्रशासनसंग भएको छलफलको विषयवस्तु जानकारी गराएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य बासु दुलाल,  डा. बीपी मिश्र लगायत केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ता सहभागी थिए । कार्यक्रम क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका केन्द्रीय सदस्य हरी रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पार्टीले यस अघि नै ५०१ सदस्यीय निर्वाचन परिचालन समिति तथा विभिन्न उपसमिति समेत निर्माण गरी जिम्मेवारी दिइसकेको छ । 

सम्बन्धित समाचार