२०८३ बैशाख ६ गते , आईतबार

देश निर्वाचनमय भइसक्यो संसद पुनःस्थापनाको सम्भावना छैन : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८२ माघ १६ गते , शुक्रबार
देश निर्वाचनमय भइसक्यो संसद पुनःस्थापनाको सम्भावना छैन : प्रचण्ड

झापा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ मा हुने निर्वाचनमा आफूहरुको पार्टी पहिलो बन्ने दाबी गरेका छन्

शुक्रबार काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रत्यक्षतर्फ आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। स्वच्छ, निष्पक्ष धाँधलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरु पहिलो हुने उनको दाबी

उनले समानुपातिकतर्फ भने नयाँ भनिनेहरुको हावा चलेकोले केही कमजोर हुने बताए प्रत्यक्ष समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उनले बताए

यद्यपि, निर्वाचन भाँड्न केही तत्वहरु अझै सक्रिय रहेको उनले जिकिर गरे उनले निर्वाचनबारे जनमानसमा अझै केही आशंका रहेको बताए उनले देश निर्वाचनमय भइसकेकोले संसद् पुनःस्थापना हुने सम्भावना अब नरहेको बताए अब हुने एउटै विकल्प निर्वाचन मात्रै भएको उनको भनाइ

उनले निर्वाचनप्रति प्रश्न उठाउने दलहरू पनि निर्वाचनको तयारीमा जुटिसकेको बताए। सुरक्षा संयन्त्र, कर्मचारी सरकार निर्वाचनका लागि तयारी अवस्थामा रहेको उनको भनाइ केही समूहले अझै निर्वाचन रोक्ने वा गलत ढंगले प्रभावित पार्ने प्रयास गरिरहेकोले सबैले त्यसलाई प्रतिवाद गर्नुपर्ने उनले बताए

उनले भने, ‘मानिसहरु अझै पनि चुनावको बारेमा के होला, कसो होला भन्ने प्रश्न मनमा राखेकै छन् कोही कोही अझै पनि संसद पुनःस्थापना हुन्छ कि भन्ने पनि छन् तर हाम्रो पार्टी मैले केही हुँदैन, अब हुने एउटै चिज हुन सम्भव , त्यो निर्वाचन हो निर्वाचनले मात्रै जनताको पहलकदमीलाई जनताले अनुमोदन गरेको कुराले वैधानिकता पाउन सक्छ, अरु कुनै कुराले पाउन सक्दैन हामीले सुरुदेखि नै निर्वाचन भनिरहेका छौँ अहिले सिंगो देश निर्वाचनमय भइसकेको

सम्बन्धित समाचार