मोटरसाइकल दुर्घटनाका घाइते कल्पना भण्डारीको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरमा मङ्गलबार भएको दुर्घटनामा परी बिर्तामोड ७ निवासी कल्पना भण्डारीको मृत्यु भएको छ । भण्डारीको उपचारको क्रममा आज १०:१५ बजे निधन भएको हो ।
भण्डारी मङ्गलबार १:३० बजे मेचीनगर ७ नमुना टोल स्थित भित्री सडकखण्डमा काकँरभिट्टाबाट भद्रपुरतर्फ जादै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आउदै गरेको प्र.१-०१-०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किइ दुर्घटना हुँदा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा ५४ वर्षीय भण्डारीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको श्रीमान ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड-७ बस्ने बर्ष ६४ को भोजराज भण्डारी सामान्य घाईते भएको थिए ।
प्र.१-०१-०१७ प ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४३ को युवराज मुखिया इप्रका काकडभिट्टाको नियन्त्णमा लिइ अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।