२०८३ बैशाख ६ गते , आईतबार

अपराधिक गतिविधी नियन्त्रण मेरो पहिलो प्राथमिकता : एसपी खड्का

sajilo news
परिवेश मिडिया
२०८२ माघ १४ गते , बुधबार
अपराधिक गतिविधी नियन्त्रण मेरो पहिलो प्राथमिकता : एसपी खड्का

बिर्तामोड जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले जिल्लामा हुने अपराधिक गतिविधी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् उनले जिल्ला प्रहरी प्रमुख हुनुको नाताले जिल्लामा हुने सबैखाले अपराधिक गतिविधी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने बताएकी हुन्

निर्वाचन नजिकिँदै गएका कारण त्यसतर्फ अलि बढी ध्यान दिनु परेको ,’ उनले भनिन्, ‘त्यो सँगै प्रहरीले गर्ने मुख्य काम नै अपराध नियन्त्रण शान्तिसुव्यवस्था कायम गराउने भएकाले हामी त्यसैमा फोकस भएर काम गर्छौँ

जिल्लाको प्रहरी प्रमुखको रुपमा झापा आफ्नो लागि पहिलो सीमावर्ती जिल्ला भएको बताउँदै उनले सीमा नाकामा हुने कुनै पनि किसिमका अवैध गतिविधि तस्करी नियन्त्रणलाई मुख्य प्राथमिकता दिने स्पष्ट पारिन् भर्खरै झापा आएको निर्वाचन केन्द्रित गतिविधीलाई बढी ध्यान दिनु परेकाले यहाँ अन्य कुन कुन क्षेत्रमा फोकस भएर काम गर्नुपर्ने आवश्यक रहेको भन्ने अध्ययनको क्रममा रहेको उनको भनाई

परिवेश मिडियासँग कुरा गर्दै एसपी खड्काले संगठनको नियमित सरुवाकै क्रममा आफुलाई झापा खटाइएकोे बताइन् जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउन आम सरोकारवालाहरुबाट सहयोगको अपेक्षा राखेको उनी बताउँछिन् जिल्ला प्रहरी प्रमुखको रुपमा रहेर काम गर्दै गर्दा प्रहरीको आचरणभन्दा बाहिर गएर कुनै काम नगर्ने उनको भनाई  

सम्बन्धित समाचार