हेर्नुहोस झापाको कुन कुन क्षेत्रमा कति मतदाता
बिर्तामोड । झापाको ५ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ७ लाख १३ हजार ५३५ जना मतदाताले मतदान गर्न पाउने छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलानामा ५०२२६ जना मतदाता संख्या थपिएको छ भने ४९ मतदान केन्द्र घटाइएको छ ।
क्षेत्र नम्बर १ मा ६५८५८ पुरुष र ६५२०९ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सो क्षेत्रमा ४५ मतदान स्थल र १४५ मतदान केन्द्रहरु रहेका छन् ।
क्षेत्र नम्बर २ मा ७३९५० पुरुष, ७३५६७ महिला र ५ जना अन्य मतदाता रहेका छन् भने ४९ मतदान स्थल र १६५ मतदान केन्द्रहरु रहेका छन् ।
क्षेत्र नम्बर ३ मा ७११७४ पुरुष र ६९८६३ जना महिला मतदाता र ६७ मतदान स्थल तथा १६४ मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नम्बर ४ मा ६६२८३ पुरुष, ६४४२८ महिला र १ जना अन्य मतदाता र ६३ मतदान स्थल तथा १६५ मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नम्बर ५ मा ८१०८१ पुरुष, २२९६ महिला र २ जना अन्य मतादाता रहेका छन् । सो क्षेत्रमा ६१ मतदान स्थल र १८५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।