२०८३ बैशाख ६ गते , आईतबार
सरकारको प्रवक्ताको जिम्मेवारी अर्याललाई
झापा । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजिनामा दिएपछि प्रवक्ताको जिम्मेवारी अर्याललाई दिइएको हो । मन्त्रीबाट राजिनामा दिएका खरेल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
वर्तमान चुनावी गैर दलीय सरकारका मन्त्रीहरु खरेल, बब्लु गुप्ता, कुलमान घिसिङ र महाविर पुनले राजिनामा दिएर चुनावी मैदानमा होमिएका छन् ।