२०८३ बैशाख ६ गते , आईतबार

बेकरी उद्योग व्यवसायी सङ्घ झापाको अधिवेशन सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ माघ ७ गते , बुधबार
बेकरी उद्योग व्यवसायी सङ्घ झापाको अधिवेशन सम्पन्न

बिर्तामोड । बेकरी उद्योग व्यवसायी सङ्घ झापाको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।
आज बिर्तामोडको आदर्श ब्याङकेटमा सम्पन्न अधिवेशनले सुमन चिमरियाको नेतृत्वमा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सागर दाहाल, सचिव दिनेश अधिकारी र कोषाध्यक्षमा नेत्र सोनी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा अभिन थापा, गणेश घोष र कल्पना राजवंशी चयन भएका छन् ।
कार्यक्रमको खुला सत्रमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुवास चन्द्र ओस्तीले सहजीकरण गरेका थिए। ओस्तीले उद्योगीहरूलाई उद्योगको अनुज्ञापत्र अनलाइन नवीकरण सम्बन्धी जानकारी गराएका थिए ।
बेकरी उद्योग व्यवसायी सङ्घ झापाका अध्यक्ष सुमन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव दिनेश अधिकारीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागीहरूलाई नेत्र सोनीले स्वागत गरेका थिए भने सम्पूर्ण कार्यक्रमको सहजीकरण भिमा शिवाकोटीले गरेकी थिइन् ।

सम्बन्धित समाचार