२०८३ बैशाख ६ गते , आईतबार

गायत्री मन्दिरको बार्षिकोत्सव माघ ९ गते, दातालाई सम्मान गरिने

sajilo news
परिवेश मिडिया
२०८२ माघ ७ गते , बुधबार
गायत्री मन्दिरको बार्षिकोत्सव माघ ९ गते, दातालाई सम्मान गरिने

बिर्तामोड बिर्तामोड नगरपालिका स्थित गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सव माघ गते मनाइने भएको

वार्षिकोत्सवको अवसरमा मन्दिर स्थापना तथा निर्माणमा सहयोग पुर्याउने दाताहरूलाई सम्मान गर्नुका साथै विशेष पूजाअनुष्ठान, धार्मिक प्रवचन सांस्कृतिक कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको वुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि बार्षिकोत्सवको बिषयमा जानकारी दिइएको हो

मन्दिर निर्माण समितिका संयोजक तथा संरक्षक रौनक बंशलको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर संरक्षक समितिका सदस्य भेषराज भण्डारी प्रशान्तले माघ गते हुने कार्यक्रमका विषयमा जानकारी गराएका थिए

भण्डारीका अनुसार माघ गते साँझ बजेदेखि प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी गुञ्जन दाहालसहितको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको साथै, भव्य श्रृंगारसहित महाप्रसाद वितरण गरिने जनाइएको

त्यस्तै मन्दिर निर्माणमा सहयोग पुर्याउने स्थानीय सरकार, प्रदेश सरकार सहित ७५ जना दातालाई सम्मान गरिने मन्दिरका संरक्षक बंशलले जानकारी दिए

पूर्वी नेपालमै पहिलो पटक करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण गरिएको यस मन्दिरले छोटो समयमै आस्थाको केन्द्रका रूपमा परिचय बनाएको मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको व्यवस्थापन समितिको भनाई अर्जुनधारा जलेश्वर धामपछि पूर्वकै बढी भक्तजन आउने धार्मिक स्थलका रूपमा गायत्री माता मन्दिर परिचित बन्दै गएको

२०८० साल जेठ १७ गते निर्माण सुरु भई २०८१ साल माघ २१ गते विधिपूर्वक प्राणप्रतिष्ठा गरी मन्दिर सञ्चालनमा आएको थियो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट प्राणप्रतिष्ठा सम्पन्न गरिएको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँचदिने अनुष्ठानको उद्घाटन गरेका थिए भने जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन गरिएको थियो

मन्दिर निर्माण सम्पन्नसँगै ३१ सदस्यीय व्यवस्थापन समिति ३१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको निर्माण समितिका संयोजक रौनक वंशलको संरक्षकत्वमा गठित व्यवस्थापन समितिमा विवेक अग्रवाल संयोजक, सुजित अग्रवाल सहसंयोजक, मनोज बजाज सचिव राजेश अग्रवाल कोषाध्यक्ष रहेका छन्

मन्दिर व्यवस्थापन समितिले धार्मिक आस्था मजबुत बनाउँदै धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको समितिले प्रथम वार्षिकोत्सवमा सम्पूर्ण श्रद्धालु भक्तजन, दाता, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेको

मन्दिरका सल्लाहकारसमेत रहेका मेघराज बास्तोला, मन्दिर व्यवस्थापन समितिका संयोजक विवेक अग्रवाल , सदस्य मुकेश अग्रवाल , अग्रसेन भवनका अध्यक्ष रमेश अग्रवाल , मारवाडी सेवा समितिका विजय गोयललगायतको उपस्थितिमा आयोजना गरिएको पत्रकार सम्मेलनको संचालन पत्रकार स्वस्तिका आचार्यले गरेकी थिइन्

सम्बन्धित समाचार