२०८३ आश्विन १७ गते , शनिबार

संविधानसभा सदस्य रणध्वज बने तेह्रथुमबाट नेकपाका उम्मेदवार

sajilo news
परिवेश मिडिया
२०८२ माघ ६ गते , मंगलबार
संविधानसभा सदस्य रणध्वज बने तेह्रथुमबाट नेकपाका उम्मेदवार

झापा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तेह्रथुमबाट आगामी प्रतिनिधिसभा सदस्यका लागि रणध्वज कन्दङ्वा लिम्बूलाई उम्मेदवार बनाएको छ । पार्टीले पहिलो संविधानसभा सदस्यसमेत रहेका लिम्बूको उम्मेदवारीलाई टुंग्याएको हो ।

को हुन् लिम्बू ?

रणध्वज कन्दङ्वा लिम्बू विसं २०२९ सालमा झापामा भएको झापा आन्दोलनसगै कम्युनिस्ट बिचारधाराबाट प्रभावित बनेका थिए । उनले २०३४ सालको मंसिरबाट क्याम्पसको विद्यार्थी संगठनमा आवद्ध भएर आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाएका हुन् । अनेरास्ववियु एकताको पाचौं  हुँदै नेकपा माले, एमाले हुँदै २०६९ सालसम्म उनी नेकपा एमालेको राजनीतिमा सक्रिय रहे । 

उनले पार्टीको जिल्ला सदस्य, जिल्ला सचिव, अञ्चल सदस्य, अञ्चल सचिव हुँदै दुई कार्यकाल एमालेको केन्द्रिय सदस्यको जिम्मेवारी सक्रियतापूर्वक पूरा गरे ।

लिम्बू पहिलो संविधानसभा सदस्यसमेत हुन् ।

उनी २०७० संघीय समाजवादी पार्टीको केन्द्रिय अनुशासन समितिको सभापति समेत बनेका थिए । २०७१/७२ बाट संघीय समाजवादी फोरम नेपालको महासचिव, केन्द्रिय कार्यालय प्रमुखको समेत उनले कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले २०७७ बाट जनता समाजवादी पार्टीमा रहँदा प्रदेश नम्बर १ को इन्चार्ज, केन्द्रिय पार्टी स्कुल तथा प्रशिक्षण बिभागको प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

२०८१ सालको सुरुवातबाट जनता समाजवादी पार्टीको केन्द्रिय उपध्यक्ष, प्रशिक्षण तथा स्कुल बिभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका लिम्बू हाल नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी राजनीतिसँगै विभिन्न सामाजिक गतिविधिमा समेत क्रियाशील छन् ।

सम्बन्धित समाचार