२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनीको बनभोज सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ माघ ५ गते , सोमबार
बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनीको बनभोज सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड-४ स्थित बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनीको बनभोज सम्पन्न भएको छ । सोमबार कम्पनीले कनकाई नगरपालिकास्थित पर्यटकीय स्थल भुरुङ्गामा बनभोज आयोजना गरेको हो ।
शेयर सदस्यहरूबीच चिनजान र आत्मीयता बढाउने उद्देश्यले बनभोज आयोजना गरिएको कम्पनीका अध्यक्ष यामकुमार चुडालले बताए । कार्यक्रममा प्रतियोगितात्मक म्यूजिकल चेयर, हन्डी फोर, एकल र युगल (श्रीमान श्रीमती) नृत्य आयोजना गरिएको थियो । हन्डी फोरमा दिलीप गौतम विजेता बनेका थिए । त्यस्तै म्यूजिकल चेयरमा अनुपा कटुवाल पहिलो, कल्पना ढकाल दोस्रो र रमा बस्नेत तेस्रो भएका थिए भने युगल नृत्यमा होम भट्ट र मेनुका भट्टको जोडी पहिलो, दिलीप गौतम र सिर्जना गौतमको जोडी दोस्रो, गणेश गुरागाईं र चन्दा गुरागाईं तेस्रो र याम कुमार चुडाल र कल्पना प्रसाई चुडालको जोडी सान्त्वना बनेका थिए ।
एकल नृत्यमा आरबी सिम्खडा प्रथम भएकी थिइन्। 
विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
बनभोजमा संस्थाका करिब एक सय सदस्य सहभागी थिए । 

सम्बन्धित समाचार