मध्यरातमा बिर्तामोडमा सवारी दुर्घटना, दमककी सुजाता बुढाथोकीको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडस्थित अदुवा खोलाको पुलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा परी दमकी अन्दाजी २२ वर्षीय सुजाता बुढाथोकीको मृत्यु भएको हो ।
आइतबार राति अन्दाजी १०:५० बजे अदुवाखोला पुल छेउ स्थित पुर्व पश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौक तर्फ आउदै गरेको प्र.१-०२-०४२ प.१९०४ न.को मोटरसाइकलले वनस्टप मलदेखि अदुवाखोलातर्फ जादै गरेको मे.१ ह.३७२१ नम्बरको अटोलाई ठक्कर दिदा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष अन्दाजी २४ वर्षीय निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमक बस्ने बर्ष अन्दाजी २२ कि सुजाता बुढाथोकीको टाउकोमा चोटलागी गम्भीर घाईते भइ बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेकोमा आज बिहान ४:०० बजे सुजाता बुढाथोकीको उपचारको क्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुवै सवारी साधन, अटो चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष अन्दाजी ३४ को खेमराज खड्का र मोटरसाइकल चालकलाई सामान्य उपचार पश्चात नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।