२०८३ बैशाख ६ गते , आईतबार
भेडेटार भ्रमणमा आएको स्कूल बस दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
झापा । धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
आइतबार भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ।
जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको हुन सक्ने धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए ।
‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो,’ उनले भने, ‘१ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’