२०८३ बैशाख ६ गते , आईतबार
निर्वाचन प्रहरीका लागि झापामा ५४७९ जनाले दिए आवेदन
बिर्तामोड । झापामा ५४७९ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काका अनुसार जनपथ प्रहरीतर्फ ५२०१ र सशस्त्र प्रहरी बल तर्फ २७८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका हुन् । आवेदन दिएकामध्ये ३ हजार ९५० जना पुरुष र १५२९ जना महिला रहेको प्रहरीले जनाएको छ ।
निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिले पुष २४ गते ४३०८ जना र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना गरी ४७९७ जना निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको थियो । निर्वाचन प्रहरीका लागि आवेदन दिने म्याद आज सकिएको छ ।
आवेदन दिएकाहरूलाई आइतबार (भोलि) सम्पर्क मिति तोकिएको र सोमबारबाट ८ गतेसम्म शारीरिक तन्दुरुस्ती परीक्षण तथा माघ १० गते लिखित परीक्षा र १२ गते अन्तर्वार्ताको मिति तोकिएको प्रवक्ता खड्काले जानकारी दिए ।