२०८३ आश्विन १६ गते , शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८२ माघ २ गते , शुक्रबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका लागि १५६ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३५ रुपैयाँ र तेस्रो वर्गका लागि १३६ रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

सम्बन्धित समाचार