२०८३ बैशाख ६ गते , आईतबार

कनकाई दुर्घटना अपडेट : मृतक बालकको आमाको पनि मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ माघ १ गते , विहीबार
कनकाई दुर्घटना अपडेट : मृतक बालकको आमाको पनि मृत्यु

बिर्तामोड झापाको कनकाई नगरपालिकास्थित माइ खोलामा लागेको मेला हेर्न जाँदै गरेको गाडी दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको

भद्रपुर बस्ने बर्ष ४० की सुस्मा राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो दुर्घटनामा परि उनको दाहिने हात खुट्टा भाँचिनुका साथै टाउकोमा चोट लागि अवस्था गम्भिर थियो उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको यस अघि उनको डेढ बर्षीय छोरा आरुति राजवंशीको मृत्यु भइसकेको भने पति आफुद राजवंशीको अवस्था गम्भीर रहेको

माइ मेला हेर्न जाँदै गरेको मे ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना २१४९ नम्बरको बस बिहीबार विहान अन्दाजी ९ः३० बजे कनकाई स्थित नयाँ बस्तीमा दुर्घटना भएको थियो दुर्घटनामा परि १४ जना घाइते भएका थिए घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको

यो पनि पढ्नुहोस

कनकाईमा बस दुर्घटना, एक बालकको मृत्यु ३ जनाको अवस्था गम्भीर

सम्बन्धित समाचार