२०८३ बैशाख ६ गते , आईतबार

कनकाईमा बस दुर्घटना, एक बालकको मृत्यु ३ जनाको अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०८२ माघ १ गते , विहीबार
कनकाईमा बस दुर्घटना, एक बालकको मृत्यु ३ जनाको अवस्था गम्भीर

बिर्तामोड झापाको कनकाई नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको बिहीबार विहान अन्दाजी ९ः३० बजे भएको दुर्घटनामा परि भद्रपुर बस्ने आफुद राजवंशीको डेढ बर्षीय छोरा आरुति राजवंशीको मृत्यु भएको हो

कनकाई नगरपालिका वडा नम्बर नयाँ बस्तीस्थित पूर्व पश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना २१४९ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा पिकअप गाडीमा सवार १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

दुर्घटनामा परि गम्भीर घाइते भएका आरुतिलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

अन्य घाइतेको विवरण

बिएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत भइरहेकाहरु

झापा मेचीनगर नगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ६५ की फुलमुन्नी मुर्मु निधार मुखमा चोट अवस्था सामान्य

, सोही स्थान बस्ने बर्ष ४२ की जमुना राजवंशी निधारमा चोट अवस्था सामान्य

, सोहि स्थान बस्ने टिकेन्द्र राजवंशीको छोरा बर्ष ११ को अनिष राजवंशी टाउकोमा चोट अवस्था सामान्य

बिर्तासिटि अस्पताल बिर्तामोड उपचारत रहेकाहरु

, झापा भद्रपुर नगरपालिका वडा नम्बर बस्ने बर्ष ४० को पुस्पलाल राजवंशी टाउको दाहिने कुममा चोट अवस्था मध्यम

, भद्रपुर बस्ने बर्ष ४० को आफुद राजवंशी टाउकोमा चोट, दाहिने हात दाहिने खुट्टा भाचिएको अवस्था गम्भिर

, निजको श्रीमती बर्ष ४० को सुस्मा राजवंशी दाहिने हात खुट्टा भाचिएको, टाउकोमा चोट अवस्था गम्भिर

, निजकै छोरा बर्ष १५ को आशिष राजवंशी बायाँ हात चिउडोमा चोट अवस्था सामान्य

, झापा भद्रपुर बस्ने बर्ष ४० की टेमुना राजवंशी टाउकोमा हातमा चोट अवस्था मध्यम

, झापा शिवसताक्षी नगरपालिका १० बस्ने बर्ष २९ की अन्जली राई छातिमा भित्री चोट अवस्था मध्यम

, झापा बिर्तामोड नगरपालिका बस्ने बर्ष २४ को अभिषेक राजवंशी बाँया हातमा भित्री चोट अवस्था सामान्य

, झापा मेचीनगर नगरपालिका १५ बस्ने बर्ष १५ की कृतिका राजवंशी टाउकोमा चोट अवस्था सामान्य

, झापा भद्रपुर नगरपालिका बस्ने बर्ष ४५ की पाथल राजवंशी दाहिने खुट्टा भाचिएको, मुखमा चोट अवस्था गम्भिर

पिकअप चालक जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर बस्ने बर्ष ३९ को जाकिर हुसेन दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको बस चालक तत्काल फरार रहेकोले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार