२०८३ बैशाख ६ गते , आईतबार

सिडीओलाई जिल्ला छाड्न चुनौती दिएका अभय राजवंशी डान्सबारबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ माघ १ गते , विहीबार
सिडीओलाई जिल्ला छाड्न चुनौती दिएका अभय राजवंशी डान्सबारबाट पक्राउ

बिर्तामोड झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई झापा छाड्न चुनौती दिएका अभय भनिने बरुण राजवंशीलाई प्रहरीले डान्सबारबाट पक्राउ गरेको

राजवंशीलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले पुष्टि गरे उनलाई नाइट लाइफ डान्सबाट पक्राउ गरी अनुसन्धान भइरहेको खड्काले बताए राजवंशी पक्राउ परेपछि उनी निकटका केहि मानिसहरुले रातको १२ बजेसम्म इलाका प्रहरी कार्यालय अनारमनीको गेट बाहिर होहल्ला गरेका थिए  

जिल्ला प्रशासन कार्यालयले कार्यक्रम रद्ध गर्न पत्राचार गर्दा गर्दैपनि राजवंशी समाज विकास समितिको नाममा अभयले पुष २९ गते बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा नवौ राष्ट्रिय भाक्का दिवस कार्यक्रम आयोजना गरी प्रमुख जिल्ला अधिकारीलाई झापा छाड्न चुनौती दिँदै अपमानजनक अभिव्यक्ति दिएका थिए सिडीओ, प्रमुख जिल्ला अधिकारी सिडीओ तिमीहरुको बाउ बाजेले कमाएर दिएको राष्ट्रिय भाक्का दिवस हैन है, यहि मञ्चबाट सुन् खबरदार तँसग नैतिकता भने भोलिका दिनबाट झापा जिल्ला छाडेर कहाँ जानु पर्ने गइहाल् तीन लाख राजवंशीमात्र हैन भोलिका दिनमा यी तीन लाख राजवंशीहरुले भदौ २३ २४ फेरी निम्त्याउन नपरोस्,’ उनले भनेका थिए उनले इस्लाम, हिन्दु, बौद्ध धर्मावलम्बीहरुलाईसमेत अपमानजनक अभिव्यक्ति दिएका थिए

आफुलाई राजवंशी समाज विकास समितिको अध्यक्ष दावी गर्दै आएका राजवंशीले सार्वजनिक स्थलबाट व्यक्ति तथा समुदायमाथि अपमानजनक शब्द प्रयोग गरी संस्थाको गरिमामा आँच आउने कार्य गरेको भन्दै निजलाई कानुनी कारबाही गर्न राजवंशी समाज विकास समितिका अध्यक्ष सुवन्तकुमार राजवंशी महासचिव चन्द्रप्रसाद राजवंशीले विज्ञप्तिमार्फत अनुरोध गरेका थिए

विज्ञप्तिमा भनिएको , ‘संस्थाको कुनै पनि पदमा नरहेको अभय भनिने बरुण राजवंशीलेराजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्ष मै हुँ भनी झापा जिल्लाका जिल्ला प्रमुख अधिकारीलगायत अन्य व्यक्ति तथा समुदायलाई अपमानजनक अभिव्यक्ति दिँदै हाम्रो संस्थाको गरिमामा नै आँच आउने कार्य गरेकाले हाम्रो घोर आपत्ति छ यसरी सार्वजनिक स्थलमा जो कोहीले प्रमुख जिल्ला अधिकारीलाई नै अपमानजनक तरिकाले वक्तव्य दिँदा हाम्रो संस्थालाई कदापि स्वीकार्य हुने छैन सो कार्यक्रममा राजवंशी समाज विकास समितिको कुनै किसिमको पनि संलग्नता नरहेको जानकारी गराउँदै यस्तो अभिव्यक्ति दिने जो कोहीलाई पनि आवश्यक कानुनी कार्वाही गर्न यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौं

सम्बन्धित समाचार