२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस फुट्न नदिन जोडबल : छुट्टाछुट्टै वार्ता समिति

sajilo news
परिवेश मिडिया
२०८२ पौष २९ गते , मंगलबार
कांग्रेस फुट्न नदिन जोडबल : छुट्टाछुट्टै वार्ता समिति

बिर्तामोड नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहेसँगै पार्टी विभाजन हुन नदिन वार्ता समिति गठन भएको संस्थापनले बेवास्ता गरेपछि विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने तर्फ महाधिवेशन अगाडी बढेपछि पार्टी विभाजन हुनबाट जोगाउन संस्थापन पक्षधर शेखर कोइराला पक्षधरले वार्ता समिति गठन गरेका हुन्

भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको

विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो

आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य देवराज चालिसे  सहभागी हुने छन् वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार नेता डाक्टर मिनेन्द्र रिजाल रहेका छन्। खाण लेखक सभापति देउबाको तर्फबाट डाक्टर रिजाल परियार नेता कोइरालाको तर्फबाट सदस्य हुन् विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ सदस्य वार्ता समिति बनाएको थियो

केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल मधु आचार्य तथा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गर्ने कार्यको नेतृत्व गरेका नेता गुरुराज घिमिरे देवराज चालिसे वार्ता समितिमा छन् दुई वार्ता समितिबिच अहिले केहीबेरमा वार्ता हुने नेताहरूले बताएका छन्।

विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन्

सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका छन्

कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति नेतृत्व परिवर्तनमा जोड दिएका छन् संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी

आज हुने भनिएको वार्ताको स्थान मिति भने तोकिएको छैन यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन्

सम्बन्धित समाचार