२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कांग्रेसको बन्द सत्र १० बजेदेखि सुरु हुने

sajilo news
परिवेश मिडिया
२०८२ पौष २८ गते , सोमबार
नेपाली कांग्रेसको बन्द सत्र १० बजेदेखि सुरु हुने

झापा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज (सोमबार) बिहान १० बजेदेखि सुरु हुँदैछ ।
भृकुटीमण्डपमा हिजो (आइतबार) बाट सुरु भएको विशेष महाधिवेशन आजबाट बन्दसत्र चरणमा प्रवेश गर्न लागेको हो  ।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । आज बिहानबाट पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने पोखरेलले जानकारी दिए । 
आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसके छन् । 
नेता युवराज पाण्डेयका अनुसार कुल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन् । 
संस्थापनको असहमतिका बीच सुरु विशेष महाधिवेशनलाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सम्बोधन गरेका थिए । 

सम्बन्धित समाचार