२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा नागरिक सहकारी अस्पताल बैशाखदेखि सञ्चालनमा आउँदै

sajilo news
परिवेश मिडिया
२०८२ पौष २६ गते , शनिबार
बिर्तामोडमा नागरिक सहकारी अस्पताल बैशाखदेखि सञ्चालनमा आउँदै

बिर्तामोड झापाको बिर्तामोडमा आगामी बैशाख महिनादेखि ‘नागरिक सहकारी अस्पताल’ सञ्चालनमा आउन लागेको नागरिक स्वास्थ्य सहकारी संस्था लि.ले सहकारी अस्पताल सञ्चालनको अन्तिम तयारी गरेको हो

बिर्तामोड हर्कलाल मार्गमा निर्माणाधिन अस्पताल भवनमा आज सम्पन्न सहकारी संस्थाको पाँचौ बार्षिक साधारणसभामा आगामी वैशाख महिनादेखि अस्पताल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिइएको हो संस्थाका अध्यक्ष युवराज दाहालले प्रतिवेदन पेश गर्ने क्रममा आगामी वैशाखदेखि अस्पताल सञ्चालनमा ल्याइने बताए

कोरोना संक्रमणको समयमा कतिपय बिरामीले अस्पतालमा भर्ना हुन नपाउँदा अकालमा ज्यान गुमाउनु परेको पीडाका कारणहाम्रो अस्पताल हामी आफैँ बनाउँछौँ भन्ने मुल नाराका साथ सहकारी अभियान्ता स्थानीय कृष्ण पौडेलको परिकल्पनामा शुरु भएको सहकारी संस्थाले अस्पताल सञ्चालनको अन्तिम तयारी गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन्

हर्कलाल मार्गको कञ्चनजंघा स्कुल उत्तरमा स्थानीय युवराज दाहाल नवराज दाहालको आमाको नाममा रहेको जग्गा २५ बर्षका लागि लिजमा लिएर निर्माण शुरु गरिएको अस्पतालको पहिलो तलाको काम ९० प्रतिशत पुरा भएको अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए अस्पतालका लागि आवश्यक उपकरण खरिद सेटअफ बाँकी रहेको उनले बताए तीन तलाको रहने अस्पताल भवन कठ्ठा क्षेत्रफलमा फैलिएको भने अन्य खाली जमिन समेत गरी अस्पतालले ११ कठ्ठा क्षेत्रफल प्रयोगमा ल्याउने

सहकारीमा विभिन्न विशेषज्ञ डाक्टरहरुसमेत सदस्य रहेकाले अस्पतालको सेवा सुलभ स्तरीय हुने बताइएको

कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीले सानो सानो पुँजी लगानी गरेर धेरै मानिसहरुले सञ्चालन गरिने सहकारी अस्पताल सुलभ मुल्यमा स्तरीय सेवा दिन सकिने अनुभव रहेको सुनाए एकै व्यक्तिले ठूलो लगानी गर्नुको सट्टा धेरै मानिसहरुलाई आबद्ध गराई सानो सानो पुँजी लगानी गर्दा धेरै मानिसहरुको अपनत्व हुने भएकाले अस्पताल सञ्चालन गर्न सहज हुने अधिकारीले बताए उनले आफुसँग सोही क्षेत्रमा भएको १७ बर्षको अनुभवका आधारमा नागरिक अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाए

कार्यक्रमका अतिथी नेपाल सरकारका पूर्व सचिव डा. टंक बाराकोटीले सहकारी अस्पतालले सस्तो मुल्यमा स्तरीय सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे त्यस्तै अर्का अतिथी नेपाल सरकारका पूर्व उपसचिव डा. मुक्ति खनालले सहकारीहरुमा पछिल्लो घटनाक्रमले सञ्चालन चुनौती रहेको, स्वास्थ्य क्षेत्रमा विभिन्न विकृति रहेको बजार प्रतिष्पर्धी रहेको भन्दौ नागरिक स्वास्थ्य सहकारीले ती सबै चुनौती पार गर्दै उद्धेश्य पूरा गर्न सक्ने विश्वास व्यक्त गरे समाजसेवी तथा व्यवसायी राजकुमार पोखरेलले बिर्तामोडका व्यवसायीहरु एकजुट हुने हो भने अस्पतालमा गुणस्तरीय सेवा सस्तो मुल्यमा प्रवाह गर्न सकिने धारणा राखे उनले सबै स्थानीयहरुलाई सहकारीको सदस्य बन्न आग्रह गर्दै नागरिक अस्पताललाई आफ्नो अस्पतालको रुपमा अपनत्व ग्रहण गर्न आग्रह गरे शुभकामना मन्तव्यको क्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष बलराम कार्कीले बिर्तामोडलाई अस्पतालको हबको रुपमा विकास गर्न, मध्यम न्यून वर्गीय विरामीहरुको बाँच्न पाउने हकको सम्मान गर्दै अस्पताल सञ्चालनका लागि लागिपरेको बताए

संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रविन्द्र भट्टराईले सञ्चालन गरेका थिए कार्यक्रममा सहभागीहरुलाई कोषाध्यक्ष जीवनकुमार खड्काले स्वागत गरेका थिए

सम्बन्धित समाचार