२०८३ आश्विन १७ गते , शनिबार

भद्रपुरका लागूऔषध कारोबारी बिर्तामोडबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ पौष २६ गते , शनिबार
भद्रपुरका लागूऔषध कारोबारी बिर्तामोडबाट पक्राउ

बिर्तामोड । भद्रपुरका दुई लागूऔषध कारोबारी बिर्तामोडमा पक्राउ परेका छन् । ठूलो परिमाणमा लागूऔषधसहित भद्रपुर १ पाण्डे चोक बस्ने बर्ष २५ का निरोज लिम्बू र भद्रपुर २ पृथ्वीनगर बस्ने बर्ष २६ का सागर प्रधान पक्राउ परेका हुन् ।

उनीहरुलाई शुक्रबार साँझ ७ः४० बजे बिर्तामोड ४ मुनाल टोलबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक प्रविण श्रेष्ठ र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लास्टिकसहित ४६ ग्राम (प्लास्टिकबाहेक ४१ ग्राम, ५८०) मिलिग्राम ब्राउनसुगरसहित स्क्रिन टच मोवाइल २ थान, किप्याडवाला मोवाइल १ थान र प्र.१–०१–०१५ प ३४२७ नम्बरको स्कुटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका लिम्बू र प्रधानलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार