बच्चाको सुन चोरेर फरार मानिस पक्राउ
बिर्तामोड । प्रहरीले बच्चाले लगाएको सुन चोरेर फरार भएका मानिस पक्राउ गरेको छ । बिहीबार (हिजो) दमकमा भएको घटनामा संलग्न चार जनालाई प्रहरीले आज पक्राउ गरेको हो ।
पुस २४ गते अन्दाजी ३:०० बजेको समयमा दमक ५ लालिगुँरास टोल बस्ने सुमन लिम्बुको छोरी बर्ष ५ की प्यारोन लिम्बु आफ्नै घर अगाडी बाटोमा खेल्दै गरेको अवस्थामा प्र.१-०१-००१ ह ८३८५ नम्बरको सिटि सफारी प्रयोग गरी बालिकाले कानमा लगाएको सुनको रिङ नेलकटले काटि लुटेर फरार भएको अभियोगमा जिल्ला झापा साविक दमक ८ बस्ने अन्दाजी बर्ष १८ को संजय माझी, दमक ७ बस्ने अन्दाजी बर्ष १८ को निश्चल विश्वकर्मा, साविक दमक ६ बस्ने अन्दाजी बर्ष ३८ को मेघराज मेहेत्तर र भारत कलकक्ता घर भई हाल जिल्ला झापा दमक ६ बस्ने अन्दाजी बर्ष ५३ को रिटन दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले आज दिउँसो ४ बजे सिटी सफारीसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।