२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेसमा किचलो : महामन्त्रीद्वयले बोलाए विशेष अधिवेशन

sajilo news
परिवेश मिडिया
२०८२ पौष २३ गते , बुधबार
कांग्रेसमा किचलो : महामन्त्रीद्वयले बोलाए विशेष अधिवेशन

झापा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्

बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन आह्वान गरेका हुन्

विशेष महाधिवेशन, बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि होु भन्दै उनीहरूले विशेष महाधिवेशन आह्वान गरेका हुन्

विशेष महाधिवेशन पुस २७ २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ महामन्त्रीद्वय थापा शर्माले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह पनि गरेका छन्

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए तर त्यसअनुसार प्रक्रिया अघि बढेको थिएन

सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापन पक्षको विरोधबीच विशेष महाधिवेशन आह्वान भएको हो

नियमित महाधिवेशन कार्यतालिका आइसकेकोले विशेष महाधिवेशनको औचित्य नरहेको पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतले निर्णय भएको थियो

तर विधानको धारा १७ को अनुसार महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी रहेको भन्दै महामन्त्रीद्वयले आज विशेष महाधिवेशन आह्वान गरेका हुन्

आजै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर कुनै व्यक्तिले आयोजना गर्दैमा विशेष महाधिवेशन आयोजना नहुने त्यसका लागि केन्द्रीय समितिले आयोजना गर्नुपर्ने उल्लेख गरेको थियो

तर कांग्रेस विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्रीहरू मातहत रहेको भन्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका छन् विशेष महाधिवेशनले पार्टीलाई फुट नल्याउने उनीहरूको भनाइ

सम्बन्धित समाचार