२०८३ बैशाख ६ गते , आईतबार

मन्त्रीहरु घिसिङ, खरेल र गुप्तालाई राजिनामा दिन प्रधानमन्त्रीको सुझाव

sajilo news
परिवेश मिडिया
२०८२ पौष २२ गते , मंगलबार
मन्त्रीहरु घिसिङ, खरेल र गुप्तालाई राजिनामा दिन प्रधानमन्त्रीको सुझाव

झापा प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाउँदै राजनीतिक गतिविधि नगर्नेमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने बताएको ती मन्त्रीको भनाइ थियो विशेषगरी तीन मन्त्रीमा पनि कुलमान घिसिङको सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेको बताइएको

हालै कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए सोही पार्टीमा रास्वपाले कुलमानलाई उपसभापति बनाएको

यस्तै रास्वपाको गतिविधिमा बब्लु पनि देखिँदै आएका छन् भने सञ्चारमन्त्रीले समेत आफ्नो स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ

सम्बन्धित समाचार