२०८३ बैशाख ६ गते , आईतबार

जाँचबुझ आयोगलाई ओलीले दिए लिखित बयान

sajilo news
परिवेश मिडिया
२०८२ पौष २१ गते , सोमबार
जाँचबुझ आयोगलाई ओलीले दिए लिखित बयान

झापा भदौ २३ २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान नदिने बताउँदै आएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः बयान दिएका छन् ओलीले आइतबार आयोगलाई लिखित बयान दिएका हुन् ओलीको लिखित बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले स्वीकार गरेका छन्  

जाँचबुझ आयोगलाई शुरुमा बयान नै नदिने सार्वजनिक अभिव्यक्ति दिएका ओलीले पछिल्लो समय बयानका लागि निवास मै आए लिखित बयान दिने बताउँदै आएका थिए आइतबार बयानका लागि पत्र लिएर जाँचबुझ आयोगका सदस्यहरु ओली निवास गुण्डु पुगेका थिए आयोगले लिखित प्रश्न तयार पारी पठाएको थियो

आयोगले भदौ २३ २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको

तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत अधिकारी तथा पदाधिकारीले आयोगमा उपस्थित भएर बयान दिइसकेका छन्

सम्बन्धित समाचार