२०८३ बैशाख ६ गते , आईतबार

न्याय सम्पादन छिटोछरितो बनाउन सरोकारवालाहरुको बैठक सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ पौष १८ गते , शुक्रबार
न्याय सम्पादन छिटोछरितो बनाउन सरोकारवालाहरुको बैठक सम्पन्न

बिर्तामोड झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिकोे बैठक सम्पन्न भएको शुक्रबार जिल्ला अदालत झापामा बैठक सम्पन्न भएको हो

अदालतको कार्यसम्पादन छिटो छरितो गराउने बिषयमा छलफल गर्न बैठक आह्वान गरिएको न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलले बताए अदालतको रणनीतिक योजना २०६१ ले लिएको लक्ष्य अनुसार अदालतको कार्यसम्पादन छिटो छरितो बनाउने मुद्दामा प्रमाण बुझ्ने, समयमै फैसला दिने समयमै फैसला कार्यान्वयन गर्नु रहेको त्यही लक्ष्य उद्देश्य अदालतको एक्लो प्रयासले मात्र प्राप्त गर्न नसकिने हुँदा अन्य कार्यालय वा निकायको समन्वय सहयोग आवश्यक रहेको प्रमुख न्यायाधीश लुईटेलले बताए

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य शिवराम गेलालले छिटो छरितो न्याय सम्पादन फैसला कार्यान्वयनको लागी अदालतको आदेशलाई प्राथमिकता दिई कार्य गर्न आवश्यक रहेको कार्यसम्पादनमा विभिन्न कार्यालयको समन्वय सहकार्य गर्न जरुरी रहेको बताए

अदालतको काम कारवाही, सुव्यवस्थित तरिकाले सञ्चालन गर्न न्यायपालिकाको रणनीतिक योजना अनुसार समयमै फैसला गर्न, फैसला आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन अदालतको सुरक्षा व्यवस्थालाई समेत समन्वय गर्नको लागि  जिल्ला अदालत नियमावली, २०७५ को नियम ९७ बमोजिम  जिल्ला न्याय क्षेत्र समन्वय समिति गठन हुने सो समितिमा जिल्ला अदालतका प्रमुख न्यायाधीश अध्यक्ष  एवं  प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सम्बन्धित सरकारी वकिल, सम्बन्धित बारको अध्यक्ष, मालपोत कार्यालय प्रमुखकारागार कार्यालय प्रमुख, जिल्ला समन्वय समितिका सचिव, तहसीलदार प्रमुख न्यायाधीशले तोकेको नागरिक समाजको ब्यक्ति सदस्य रहने प्रावधान समितिको सदस्य सचिवमा जिल्ला अदालतका श्रेस्तेदार रहने कानूनी व्यवस्था रहेको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए

बैठकमा झापा जिल्ला अदालतका न्यायाधीशहरु महेन्द्रप्रसाद पोखरेल, अम्बिका प्रसाद दाहाल, पारसमणि पोखरेल, लोकबहादुर हमाल, नारायण रिमाल एवं  जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी बल नेपाल नं. हेक्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर थापा, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता दिपेस प्रताप शाह, झापा बारका अध्यक्ष बसन्त नेपाल, मालपोत कार्यालय दमकका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीमालपोत कार्यालय भद्रपुरका प्रमुख मालपोत अधिकृत रेवनकष्यप अधिकारीभद्रपुर नापी कार्यालयका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्साल, नापी दमकका प्रमुख नापी अधिकृत परमेश्वर ठाकुर, कारागार कार्यालयका प्रमुख रेवन्त भट्टराई, जिल्ला समन्वय समितिका सचिव अमृत बहादुर राइ लगायतको उपस्थिति रहेको थियो

 

सम्बन्धित समाचार