२०८३ बैशाख ५ गते , शनिबार

सहकारीका सदस्यहरुलाई उद्यमशिल बनाऔँ : महेन्द्रकुमार गिरी

sajilo news
परिवेश मिडिया
२०८२ पौष १८ गते , शुक्रबार
सहकारीका सदस्यहरुलाई उद्यमशिल बनाऔँ : महेन्द्रकुमार गिरी

बिर्तामोड राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले सहकारीका सदस्यहरुलाई उद्यमशिल बनाउनुपर्ने बताएका छन् आज झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले यस्तो धारणा राखेका हुन्

झापा जिल्ला सहकारी संघको २९औँ साधारणसभामा प्रमुख अतिथीको मन्तव्य राख्दै गिरीले झापाका सहकारीहरुलाई ब्राण्डिङ गर्नुपर्ने बताएका छन् झापामा सहकारी अभियानलाई पुनर्विचार गर्नु पर्ने बताउँदै गिरीले सहकारीहरु अब विशिष्टिकृत हुनुपर्नेमा जोड दिए सहकारी अभियानलाई रिथिङ्क गर्नुपर्छ,’ उनले भने, ‘सहकारीहरुलाई अब ब्राण्डिङ गरौँ, विशिष्टिकृत बनाऔँ काठमाण्डौ पछाडी राष्ट्रिय स्तरमा प्रतिनिधित्व झापाबाट हुने भएकाले झापाका सहकारीहरुलाई सञ्चालनका लागि केहि मोडेल विकास गर्नुपर्ने झापा जिल्ला सहकारी पर्यटनको क्षेत्र हो भन्ने कुराको वकालत लविङ गर्नु पर्नेमा उनले जोड दिए एउटै ऋणी सदस्यलाई ठूलो ऋण प्रवाह गरेकै कारण कतिपय सहकारीहरु समस्यामा परेकाले अबका दिनमा त्यस्तो समस्या आउनबाट जोगिनुपर्ने उनले बताए  

कार्यक्रममा विशिष्ठ अतिथी राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेतीले सहकारीहरुले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने, सदस्यहरुले उत्पादन गरेका वस्तुलाई प्रबर्धन बजारीकरणमा सहयोग गर्नु पर्ने बताए सहकारी अभियानलाई गन्तव्यमा पुर्याउनका लागि प्रारम्भिक सहकारीका सञ्चालकदेखि छाता संघको नेतृत्वदायी भूमिकामा बस्नेसम्म सबै मर्यादित बन्नुपर्नेमा उप्रेतीले जोड दिए यदि त्यसो नहुने हो भने राज्यले हस्तक्षेप बढाउने उनले धारणा राखे सहकारी संस्थाहरुले लाभांश भन्दापनि सुविधा बढाउनु पर्ने लाभांशका लागि अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने सुझाव दिए

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.की उपाध्यक्ष मिना ढकाल, झापा जिल्ला सहकारी सहकारी संघका पूर्व अध्यक्ष तथा सल्लाहकार हरिचरण बानियाँले शुभकामना मन्तव्य राखेका थिए

संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघमा ४९३ वटा संस्था आबद्ध रहेको भने करोड १२ लाख ५१ हजार दुई सय शेयर पूँजी रहेको अध्यक्ष कोइरालाले चालु आवका लागि २२ वटा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए

बिर्तामोडको सिटी सेन्टरमा सम्पन्न कार्यक्रम संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार